दफा १६८
नियम बनाउने अधिकार
(१) यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।

(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी त्यस्तो नियममा देहायको विषयमा व्यवस्था गर्न सकिनेछ: ५ (क) अध्यक्षको काम, कर्तव्य र अधिकार सम्बन्धी, (ख) खबरदारी नीति (ह्वीसल ब्लोइङ्‌ पोलिसी) सम्बन्धी, (ग) सामुहिक बीमा कोष (बीमा पुल) सम्बन्धी,

(घ) लघुबीमा सम्बन्धी।